बालिकालाई मिसेस क्विन नेपाल २०१७ को ताज


मिसेस क्विन नेपाल–२०१७ को उपाधि काठमाडौंकी २४ फेशन डिजाईनर बालिका अधिकारीले चुमेकी छिन्। इभेन्ट बेटर ग्यालेक्सीले नयाँ वर्षको अबसर पारेर बिहिबार अबेरसाँझ राजधानीमा आयोजना गरेको सो प्रतियोगितामा अधिकारीले क्राउन, सहित स्कुटर र विभिन्न उपहार प्राप्त गरिन्। उनी इभेन्ट बेटर ग्यालेक्सीको ब्रान्ड एम्बेस्डर पनि घोषित भईन्।

विवाहिता नारीहरुको व्यक्तित्व विकाश र प्रतिभा प्रस्तुतिका लागि आयोजना गरिएको सो प्रतियोगितमा स्यान्डी भण्डारी फस्ट रनर अप भईन। यस्तै सेकेन्ड रनरअपको उपाधि निकिता पाण्डेले प्राप्त गरिन्। सो प्रतियोगिताको कोरियोग्राफी पूर्व मिस नेपाल उषा खड्गीले गरेकी थिईन।

प्रतिस्पर्धामा मिस ट्यालेन्टको उपाधि गायिका समेत रहेकी बबिता मानन्धरले जितिन्। बेस्ट पर्सनालिटीको उपाधि स्यान्डी भण्डारीले, मस्ट ब्युटिफुलको उपाधि करुणा श्रेष्ठले हाँसिल गरे। यस्तै बेस्ट स्किन आस्मा पुन मगर, बेस्ट हेयर बालिका अधिकारी, बेस्ट क्याटवाक आनिता श्रेष्ठ, मस्ट पपुलर सुविना शाक्य, मस्ट फोटोजेनिक सरला थापा र बेस्ट फिगर मोनिका श्रेष्ठ घोषित भए।

प्रतियोगिताको निर्णायकहरुमा गायक आनन्द कार्की, फेशन स्टालिस्ट निल डेभिड कटवाल, अभिनेता मणिराज लबट, अभिनेत्री हिषिला महर्जन, फोटोग्राफर राजभाई सुवाल, मेकअप आर्टिस्ट रुस्का बैध लगायत थिए।

महिलाहरुको व्यक्तित्व विकाशका लागि मिसेस क्विन नेपाल आयोजना गरिएको आयोजक सँस्थाका अध्यक्ष धिरज तण्डुकारले जानकारी गराए। नयाँ वर्षको पूर्व सन्ध्या भएकाले सो कार्यक्रममा गायक सविन राई एकल रुपमा प्रस्तुत भए। उनले आफ्ना चर्चित गीतहरु सुनाए।

हास्य कलाकार महादेब त्रिपाठीले जादू र प्रहसनले दर्शकलाई निकैबेर हँसाए। रमिता भण्डारीको कोरियोग्राफीमा कार्यक्रममा विभिन्न मोडलहरुले समर वेर, क्याजुअल लगायत विभिन्न फेशन प्रस्तुत गरे। सो सौन्दर्य प्रतियोगिता, सविन राईको एकलसाँझ र फेशन शो बिहिबार मध्यरातसम्म चलेको थियो।

SUBSCRIBE 👉