मोडल तनुजा गुरुङ्सँग रोमान्स गर्दै आयुष्मान देशराज !


अभिनेत्री प्रियंका कार्कीसंग प्रेम प्रसङ्गका कारण चर्चामा रहेका मोडल / अभिनेता आयुष्मान देशराज जोशी श्रेष्ठ अभिनित नयाँ म्युजिक भिडियो रिलिज भएको छ।‘तिम्रो आँखामा’ बोलको गीतको भिडियोमा उनलाई मोडल तनुजा गुरुङ्सँग रोमान्स गर्दै गरेको हेर्न सकिन्छ।

सागर राज र जय मल्लको स्वर रहेको गीतमा जय मल्लको नै शब्द तथा संगीत रहेको छ भने म्युजीक भिडीयोको निर्देशन गायक सागर राजले गरेका हुन्। अनिल कुमार मानन्धरले खिचेको भिडियोलाई कृष्ण पाण्डेले सम्पादन गरेका हुन्।

सागरले ‘पानी पर्यो अशिना झर्यो’, ‘चुम्बककै हौ कि’ जस्ता चर्चित गीतहरुको भिडियो निर्देशन गरिसकेका छन्। सागरकै निर्देशनमा बनेको गायक सुबाश उप्रेतीको ‘आज किन’ बोलको म्युजिक भिडियो पनि केहि दिन अघि मात्र रिलिज भएको छ।

SUBSCRIBE 👉