नौ वर्षपछि सँगै देखिँदै ब्राञ्जोलिना


Brad-Pitt-And-Angelina-Jolie

Brad Pitt And Angelina Jolie / Getty Images

हलिउड जोडी एञ्जोलिना जोली र उनका पति ब्राड पिट चाँडै नै एक फिल्ममा सँगै देखिने भएका छन्। जोलीले ट्वीटरमार्फत ट्वीट गर्दै उक्त कुराको जानकारी दिएकी हुन्। सन् २००५ मा ‘मिस्टर एण्ड मिसेज स्मिथ’ मा अभिनय गरेपछि पुनः उनीहरु एकसाथ पर्दामा देखिन लागेका हुन्।

५० वर्षका पिट सन् २०११ मा ३८ वर्षीया एञ्जोलिनाले पहिलोपटक निर्देशन गरेको फिल्म ‘इन द लैंड अफ ब्लड एण्ड हनी’ मा अतिथि भूमिका निर्वाह गरेका थिए । पिटले श्रीमति जोलीसँग पुनः काम गर्न पाउदा आफुलाई खुशी लाग्ने बताए।

SUBSCRIBE 👉