देविकाले ल्याइन् ‘शुभकामना’ म्युजिक भिडियो


devika-pradhan-1
ग्ल्यामर नेपाल, काठमाडौं। आफ्नै शैलीको स्वरका कारण नेपाली सुगम संगीतमा चर्चित बनेकी गायिका देविका बन्दनाले ‘शुभकामना’ नामक सोलो गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छन्। शनिवार राजधानीमा आयोजित कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति तथा वरिष्ठ संगीतकार अम्बर गुरुङ, वरिष्ठ अभिनेत्री भुवन चन्द र कान्छा फोटोग्राफर रिनेन्द्र श्रेष्ठले संयुक्त रुपमा सार्वजनिक गरेका थिए।

फिल्म निर्देशक तथा गीतकार प्रकाश सायमीको शब्द तथा सुरेश अधिकारीले संगीत गरेको गीतको भिडियोको निर्देशन सम्पादक तथा निर्देशक विजेश पौडेलले गरेका हुन् । ‘जब टेक्यौ तिमीले’ बोलको गीतको भिडियोमा राष्ट्रकवि माधवप्रसाद घिमिरे, अम्बर गुरुङ, डा. भोला रिजाल, व्याकुल माइला, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, भुवन चन्द, बसुन्धरा भुषाललगायतका विशिष्ट व्यक्तित्वहरुलाई देख्न सकिन्छ। टेलिभिजनका समाचारवाचक तथा रेडियोका कार्यक्रम सञ्चालक महिला सञ्चारकर्मीले भिडियोमा लिपसिङ गरेका छन्।

कार्यक्रममा गुरुङले देविकाका गीतहरु आफुलाई मनपर्ने जनाउँदै अझ राम्रा गीत गाउन प्रोत्साहन गरे। गीतका रचनाकार सायमीले देविकासँग काम गर्नु आफैमा चुनौतिपूर्ण रहेको बताउँदै गायिकाको शब्द चयनबाट प्रभावित भएको जनाए। गायिका वन्दनाले आफुले सानो ऐतिहासिक दस्तावेज बनाएको दाबी गर्दै राष्ट्र र राष्ट्रवादीलाई सम्मान गर्नका लागि गीतबाट शुभकामना दिएको बताईन्।

कार्यक्रमको फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुहोस्

SUBSCRIBE 👉