‘म यस्तो गीत गाउँछु’ फिल्मका कर्णप्रिय ३ गीतहरु


प्रतिक्षाको सुचिमा रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ को अडियो गीतहरुको सँगालो रिलिज भएको छ। नेपाली चलचित्रको संगीतमा चर्चित नाम अर्जुन पोखरेल संगीतमा रहेका यो फिल्मका गीतहरु अहिले चर्चामा छन्।

सुदर्शन थापाको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्रमा ३ वटा गीत समावेश छन्। जसमा ‘भन्छु आज मनका कुरा’, कहाँ छ र’, किन आजकल तिम्रो मन’ बोलका गीत समावेश छन्।

पहिलो गीतमा सुदर्शन थापाको शब्द, सुगम पोखरेल र अन्जु पन्तको आवाज छ। यस्तै, ‘कहाँ छ र’ बोलको गीतमा दिग्गज धौरालीको शब्द, प्रमोद खरेल र अन्जु पन्तको स्वर छ भने ‘किन आजकल तिम्रो मन’ बोलको गीतमा अम्बिका शर्माको शब्द, अर्जुन पोखरेलकै स्वर छ। यी तिन वटै गीत निकै कर्णप्रिय छन्। ‘भन्छु आज’ बोलको गीतको त भिडियो नै सार्वजनिक भैसकेको छ।

गीत-संगीतकै कारणले यो चलचित्रले उचाई पाइसकेको छ। बाँकि २ गीतको भिडियो क्रमशः सार्वजनिक गर्ने निर्देशक सुदर्शन थापाले बताए। ‘भन्छु आज’ गीतको भिडियोमा उत्कृष्ट प्रतिक्रिया पाएको यो चलचित्रको जुकबक्सले पनि सार्वजनिक भए सँगै चर्चा पाइरहेको छ।

असार ३० गतेबाट रिलिज हुन लागेको यो चलचित्रमा पूजा शर्मा, पल शाह, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, नविन मानन्धर, विक्रम सेन, अर्जुन गुरुङ लगायतका कलाकारको चलचित्रमा मुख्य भूमिका छ।

SUBSCRIBE 👉