भीमको भिडियोमा प्रियंका र निराजनको प्रेमभाव


सुगम संगीतका लोकप्रिय गायक भीम लिम्बु आफ्नो पछिल्लो एकल एल्बम ‘मिम्जिमा’ को शीर्षक गीत ‘हातै काटेर…’ को म्युजिक भिडियो लिएर दर्शक तथा श्रोता माझ आएका छन्। रोमान्टिक शैलीको उक्त गीतको म्युजिक भिडियोमा लोकप्रिय अभिनेत्री प्रियंका कार्कीले अभिनेता निराजन प्रधानसंग अनस्क्रिन रोमान्स गरेकी छिन्।

भिडियोमा प्रियंका र निराजनको जोडीलाई हेर्न सकिन्छ। भिडियोमा प्रेमि–प्रेमिकाको रुपमा प्रस्तुत भएका प्रियंका र निराजनले गीतको शब्दमा व्यक्त गरिएका प्रेम भावनालाई अभिनयमार्फत प्रस्तुत गरेका छन्।

म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

हरि लम्सालको संगीतमा तयार भएको यो गीतमा सञ्जिव थापाको शब्द छ। आकर्षक लोकेशनमा छायांकन गरिएको यो म्युजिक भिडियोको निर्देशन अर्जुन अधिकारीले गरेका हुन्। हरि हुमागाईंले खिचेको यो भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन्।

डेढ दशकभन्दा लामो समयदेखि सांगीतिक क्षेमा सक्रिय गायक भीम लिम्बु सुगम संगीतको स्थापित नाम हो। शास्त्रीय संगीतमा स्नातकोत्तर उत्तिर्ण गरेका गायक लिम्बुले यसअघि गाएका गीतहरु मध्ये धानै नाचिन्छ, माया मेरो झुटो रे, फेसबुकैले, यो मुटुमा सहितका गीतहरु लोकप्रिय भैसकेका छन्। करिव ५ दर्जन गीतहरुमा स्वर दिइसकेका गायक लिम्बुले चलचित्रको पाश्र्व गायनमार्फत समेत आफूलाई प्रमाणित गरिसकेका छन्।

SUBSCRIBE 👉