काठमाडौंमा Haute couture Fashion Fiesta हुने


नेपालमा अन्तराष्ट्रिय स्तरको फेशन शो Haute couture Fashion Fiesta हुने भएको छ। क्रिजोना नेटवर्क प्रा.लि.ले आयोजना गर्न लागेको कार्यक्रममा फेशन शो का साथै डिजाईनहरुबीचको प्रतिस्पर्धा र मेकअप सोकेश समेत हुनेछ। डिजाईनर प्रतिस्पर्धामा २५ जनाको सहभागिता गराईने बताईएको छ।

जेरा मोडेल्स क्रियटिभ लण्डन, डिएमिना म्यागेजिन इटालीको सहकार्यमा नेपाली फेशन इन्डष्ट्रिजलाई अन्तराष्ट्रिय फेशन इन्डष्ट्रिजसंग सम्बन्ध बढाउने मूख्य उद्देश्यले आयोजना गरिएको कार्यक्रमको अहिले तयारी तिव्र पारिएको आयोजक संस्थाका सिईओ अशिम श्रेष्ठले बताए। फेशन शो का लागि देशका मूख्य शहरहरुमा अडिसन समेत हुँदैछन्।

काठमाडौंमा पहिलो अडिसन जेठ १९ गते (विहान ११ बजेदेखि ३ बजेसम्म) र २० गते (विहान ११ बजेबाट ४ बजेसम्म) एभरेष्ट फिल्म एकेडेमी नयाँ बानेश्वरमा हुने भएको छ।अडिसनबाट अन्तिम शो का लागि ४० जना छनौट हुनेछन्। छनौटमा परेका सहभागीहरुलाई २१ दिनको विशेष प्रशिक्षण र विदेशमा हुने फेशन शो मा जाने अवसर प्रदान गरिने आयोजकले जानकारी दिएको छ।

अडिसनका लागि फर्म नयाँ बानेश्वरको एभरेष्ट फिल्म एकेडेमी, वेभ म्यागेजिनको कार्यालय पुलचोक, काठमाडौंमा रहेका वर्गर हाउसका शाखाहरु, न्यूरोडको जेसीपेनी रेष्टुरेण्ट, नक्सालको अर्किड रेष्टुरेण्ट, दरबार लाउन्ज एण्ड रेष्टुरेण्ट दरबार मार्गमा पाईने आयोजकले जनाएको छ।

SUBSCRIBE 👉