एलिसा र जुना सँगै गायिका मिलन अमात्यले भाँचिन बारुली कम्मर – ‘फरिया चौबन्दी…’ भिडियो


Singer Milan Amatya

गायिका मिलन अमात्य आफैले मोडलिङ गरेको नयाँ म्युजिक भिडियो रिलिज गरेकी छिन्। मिलनले ‘फरिया चौबन्दी’ बोलको गीतको भिडियो आफ्नै युटुब च्यानल सुरु गर्दै सार्वजनिक गरेकी हुन्। मिलनले आफ्नो तौल घटाएपछि भिडियोमा पनि मोडलिङ गर्न थालेकी हुन्।

नेपाली पाश्र्व गायनमा निकै चर्चित मिलन अहिले देश तथा विदेशका कार्यक्रममा सर्वाधिक व्यस्त छिन्। उनै, मिलनले सार्वजनिक गरेको यो गीतमा उत्तम जंग लिम्बुको शब्द र संगीत छ। यो गीत मिलनको तेश्रो एल्बम ‘मिलन संजोग’मा शमाबेश गरिएको छ।

मिलन अमात्यको आकर्षक ४ तस्विरहरु हेर्नुहोस्
(ठुलो तस्विर हेर्न सानो तस्विरमा क्लिक गर्नुहोस्।)

मिलनले यो गीतमा डिस्को डान्स गएपनि आफ्नो संकृतीलाई नविर्सिएको भन्दै नयाँ पुस्ताको सन्देश दिन खोजेकी छिन्। नितिन चन्दको सम्पादन, छायांकन र निर्देशन रहेको यो भिडियोमा जुना सुन्दास, विशाल सापकोटा र अर्जुन गौतमको अभिनय छ। यो गीतमा मोडल एलिसा राइले अतिथी भूमिकामा काम गरेकी छिन्।

‘फरिया चौबन्दी’ म्युजिक भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉