निकिता चान्ड़क बनिन् मिस नेपाल २०१७ विजेता


Nikita Chandak Miss Nepal 2017

मिस नेपाल २०१७ को उपाधि निकिता चान्ड़कले जितेकी छन्। शुक्रबार राजधानीमा भएको ग्रान्ड फिनालेमा १८ सुन्दरीलाई पछि पार्दै निकिताले मिस नेपाल २०१७को उपाधि जितेकी हुन्। उनलाई २०१६ की मिस नेपाल अश्मी श्रेष्ठले ताज पहिर्‍याइदिइन्। दी हिडेन ट्रेजरको आयोजनामा भएको २२ औं मिस नेपाल विजेता निकिताले आगामी मिस वर्ल्डमा सहभागी हुने अवसर पाउनेछिन्।

NIKITA CHANDAK – PHOTO GALLERY is HERE – VIEW NOW!
फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुहोस्।

MISS NEPAL 2017 – Grand Finale Video – Watch Now!
मिस नेपाल २०१७ को भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

यसैगरी मिस नेपाल अर्थ रोजिना श्रेष्ठ, मिस नेपाल इन्टरनेसनल निति शाह र मिस एसिया प्यासिफिक इन्टरनेसनलको उपाधि सहारा बस्नेतले जितेकी छन्। ग्रान्ड फिनालेमा देशका विभिन्न क्षेत्रका प्रतिनिधित्व गर्ने १९ जना सुन्दरीले मिस नेपालको उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए।

SUBSCRIBE 👉