प्रबल गुरुङको डिजाइनमा जोर्डनकि रानी – रानिया


निलो पहिरनमा सजिएर जोर्डनकी रानी रानिया गत मंगलबार रागधान दरबार बाहिर निस्किइन्। मुसलमानको पवित्र पर्व रमदानका अवसरमा रोजा (व्रत) सकिएपछिको ‘इफ्तर’ पार्टीका लागि उनी बाहिर निस्किएकी थिइन्। कालो रङको सानो ह्यान्डब्याग बोकेकी उनले गलामा चम्किलो गहना पहिरिएकी थिइन्।

Queen Rania of Jordan In Prabal Gurung designs

फेसबुक, ट्विटर, इन्स्टाग्रामलगायतका समाजिक सञ्जालमा सक्रिय रानियाको ड्रेसअपको धेरैले प्रशंसा गरेका छन्। मुसलमान मुलुककी रानी भएर पनि ‘वेस्ट्रन’ डिजाइनको पहिरन पहिरिएकी उनको तस्विरले इन्स्टाग्राममा धेरै लाइक पायो, ट्विटर फलोअर्स ६५ लाखभन्दा बढी भएकी रानियाको ड्रेसअपको निकै चर्चा भयो। विदेशी मिडियामा समेत चर्चा पाएको मुसलमान बहुल मुलुककी यी रानीको पहिरन भने बनाएका थिए – नेपाली मूलका डिजाइनर प्रबल गुरुङले।

Queen Rania of Jordan In Prabal Gurung designs

गुरुङले डिजाइन गरेका हलिउड सेलिब्रेटीको सूची धेरै लामो छ। यसैमा थपिएकी छिन्–जोर्डनकी रानी पनि। हुनत जोर्डनकी रानीभन्दा अगाडि बेलायती राजकुमारी केट मिडल्टनले पनि गुरुङले डिजाइन गरेको पहिरन लगाइसकेकी छिन्। सेक्टेम्बर २०१२ मा सिंगापुर भ्रमणका बेला केटले चयन गरेको गुरुङले डिजाइन गरेको पहिरनले पनि अन्तर्राष्ट्रिय मिडियामा खुबै चर्चा पाएको थियो।

जोर्डनकी रानीले आफ्नो पहिरन पहिरिएको तस्विर इन्स्टाग्राममा राखेपछि प्रबल गुरुङले पनि उनको प्रशंसा गरेका छन्। ‘जस्ट पर्फेक्ट फर दा क्वीन, थ्याङ्क यू क्वीन रानिया,’ रानीको पोज देखेपछि उनको इन्टाग्राम तस्विर सेयर गर्दै गुरुङले ट्विट गरेका छन्।

SUBSCRIBE 👉