किन कसै सँग माया हुन्छ? – सन्तोस लामाको मार्मिक म्युजिक भिडियो


Suman Kande Yamuna Gaire

गीतकार कृष्ण केसीले यस अगाडि ‘आफ्नो मन, कसले सुरुवात गर्यो’ लगायतका चर्चित गीत श्रोतामाझ ल्याइसकेका छन्। उनै, केसीले लेखेको ‘कोहि त बताइदेउ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। हरि लम्सालको संगीत रहेको गीतमा सन्तोष लामाको स्वर छ।

गीतको भिडियोमा सुमन कडेल र यमुना गैरेको मोडलिङ हेर्न सकिन्छ। गीतमा सन्तोषले कसै सँग माया किन हुन्छ ? भनेर प्रश्नको जवाफ खोजिरहेका छन्। यो गीतको भिडियोमा जीवन रसाइलीको सम्पादन, छायांकन र निर्देशन छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

‘दोश्रो नेपाली तारा’ सन्तोष नेपाली चलचित्रको पाश्र्व गायनदेखि आधुनिक र पप गीतको गायनमा चर्चित छन्। ‘बेहुली, बटुवा’ जस्ता गीत बजारमा ल्याइसकेका सन्तोषले चलचित्र ‘विर्खेलाई चिन्छस्, प्रेमगीत’ जस्ता चलचित्रमा समेत स्वर दिइसकेका छन्।

सन्तोष यो गीत आफूलाई निकै मन परेको बताउछन्। सन्तोषको चौथो एल्बम ‘सहकार्य’मा यो गीत समावेश हुनेछ। यो एल्बम चाडै नै बजारमा आउने सन्तोष बताउछन्। यो गीतले आफूलाई नयाँ उचाइ दिने सन्तोषको विश्वास छ।

SUBSCRIBE 👉