नायिका ऋचा शर्मालाई कसले बेच्यो मुम्बईमा ?


reecha sharma music video

चेलिबेटी बेचविखनको विषयवस्तुमा आधारित गीत ‘छानो हाल्ने सपनी….’ मा को म्युजिक भिडियो सार्वजनिक भएको छ। म्युजिक भिडियोमा नायिका ऋचा शर्मा र र्यापर गिरिश खतिवडाले मुख्य भूमिकामा अभिनय गरेका छन्। भिडियोमा अतिथि भूमिकामा सिएनएन हिरो तथा चेलिबेटी बेचविखनविरुद्धको अभियानमा सक्रिय अधिकारकर्मी माइती नेपालकी अनुराधा कोइरालाले पनि अभिनय गरेकी छन्।

म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

गीतमा तुलसी बस्नेतको शब्द, चन्दा देवानको स्वर र शंकर थापा स्माइलको संगीत सुन्न सकिन्छ। सञ्चारकर्मी विदुर खतिवडाको निर्देशन र विदुर पाण्डेको छायाकंन रहेको भिडियोमा सुरेन्द्र केसी मुलासाग, पल्पसा डंगोल, जेनी कुँवर, गोमा केसी, सुजन रेग्मी लगायतको समेत अभिनय छ।

SUBSCRIBE 👉