प्रचण्डकी नातिनीको गीतमा प्रियंका र रेशको रोमान्स


priyanka-karki-and-resh-marahatta-romance
ग्ल्यामर नेपाल, काठमाडौं। नेपाली सुगम संगीतमा दिनानुदिन नयाँ अनुहारको प्रवेश गर्ने क्रम बढ्दो छ । यही क्रममा नवगायिका इस्मिता दाहालले पनि नेपाली सांगीतिक क्षेत्रमा आफ्नो पाइला अगाडि बढाएकी छन्।

priyanka-karki-resh-marahatta-music-videoएनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) की नातिनी इस्मिताले गाएको ‘प्रिय तिम्रो’ बोलको गीतमा नायिका प्रियंका कार्की र नायक रेश मरहठ्ठाले रोमान्स गरेका छन् । प्रसन्न पौडेलले निर्देशन गरेको उक्त भिडियो सांग्रिला होटल र होटल ¥याडिसनमा छायांकन गरिएको हो।

दुई प्रेमीबीचको आपसी असमझदारीलाई झल्काइएको भिडियो राम्रो बनेको निर्देशक पौडेलले बताए। निर्देशक पौडेलद्वारा निर्देशित र प्रियंका र रेश अभिनित फिल्म ‘मेरो वेष्ट फ्रेण्ड’ आगामी जेठ ९ गते रिलिज हुँदैछ।

SUBSCRIBE 👉