कपिलको शोमा नायिकाको झगडा | Zoya Afroz slapped Sonali Raut


एजेन्सी, मुंबई। बलिउडका नायिकाबीच ‘क्याट फाइट’ भएको समाचार बाहिर आउनु कुनै नौलो कुरा होईन्। हिमेश रेशमियाको आगामी फिल्म ‘द एक्सपोज’को प्रमोशनका लागि चर्चित भारतीय टेलिभिजन शो ‘कमेडी विथ कपिल’ मा पुगेकी फिल्मका नायिकाद्वय जोया अफरोज र सोनाली राउतले सार्वजनिक रुपमै झगडा गरेका छन्। झगडाको रुप यसरी बढ्यो कि शोमै जोयाले सोनालीलाई गालामा थप्पड हान्न पछि परिनन्।

Zoya-Afroz-slapped-Sonali-Raut

Zoya Afroz slapped Sonali Raut

समाचार अनुसार यी दुई नायिकाबीच पहिलेदेखि नै मनमुटाव थियो। फिल्मको एक गीतको सुटिङका क्रममा यी दुईबीच झगडा भए पनि त्यो बेला उक्त झगडा फिल्म युनिटले नै मिलाएका थिए। शोमा सहभागी भईरहँदा सोनालीले जियालाई पछिल्लो झगडाको बारेमा सम्झाएकी थिईन्। उनले यदि यो पटक आफ्नो कुरा नसुन्ने हो भने आफुले कुट्ने चेतावनी जियाले दिईरहँदा जोया भड्किएर सोनालीलाई थप्पड हानेकी थिईन्। त्यहाँको स्थिति बिग्रने देखेपछि रेशमिया आफै आएर झगडा शान्त पारेका थिए। यो फिल्म यसै महिना रिलिज हुँदैछ भने फिल्ममा पहिलो पटक यो यो हनी सिंह अभिनय गर्दैछन् ।

SUBSCRIBE 👉