राजेश र मधुलाई ‘पहिलो भेट’को सम्झना कसले गरायो ?


Rajesh Hamal Madhu Bhattarai

अभिनेता राजेश हमाललाई उनकी धर्मपत्नी मधु भट्टराईले पहिलो पटक भेटेको अवसर कुन थियो होला ? आफ्ना श्रीमान् तथा अभिनेता हमालसँग आफ्नो जीवनकै पहिलो विज्ञापनमा अभिनय गर्ने क्रममा मधुले सम्झिइन् -‘युनिलिभरको लक्स ब्युटी कन्टेस्ट।’

संयोगले मधुलाई मोडल बनाउने काम पनि युनिलिभरले नै गरेको छ। युनिलिभरको ह्वील ओके साबुनको विज्ञापनमा मधुले हमालसँगै स्क्रिन सेयर गरेकी छिन्।

लुगा धुने साबुनको विज्ञापनमा मधु र हमालले दोहोरो संवाद गरेका छन्। त्यसक्रममा मधुले श्रीमानबाट अभिनयको टिप्ससमेत प्राप्त गरिन्।

अभिनयमा खासै रुचि नभए पनि श्रीमान्सँगै काम गर्ने मौका पाएकाले आफू विज्ञापनका लागि तयार भएको मधुको भनाई छ। ‘यो मधुको पहिलो प्रयास हो, हमालले श्रीमतीको अभिनयको मूल्यांकन गर्दै भने – ‘उनलाई अभिनयमा खासै रुचि छैन तै पनि पहिलो पटक यो विज्ञापनमा राम्रो काम गरेकी छिन्।’

SUBSCRIBE 👉