रोमियोमा ल्याङ ल्याङ गर्दैछन् – आशिष्मा र सन्जोग


फिल्म रोमियोको ‘अनी किन ल्याङ ल्याङ गर्दैछौ मैया’ बोलको गीत यु ट्युवमा निकै हिट छ। यो गीतको थुप्रै कबह्र भिडियोहरु पनि बनिसकेका छन् तर यो गीतको ओरिजिनल भिडियो भने अहिले सम्म रिलिज गरिएको छैन किनकि यो गीतको छायांकन नै गरिएको थिएन।

अब, भने केही समयमै दर्शकले यो गीतको भिडियो हेर्न पाउने भएका छन्। ‘यो गीतको भिडियोको छायांकन डान्स क्लबमा गरिएको छ। ८० जना भन्दा बढी कोरसका साथमा फिल्मका हिरो हसनराजा खान र हिरोईन ओसिमा वानुले यो गीतमा कम्मर मर्काएका छन्, साथमा अर्की हिरोईन अशिष्मा नकर्मी र हिरो संजोग कोइराला पनि भिडियोमा देखिनेछन्। अशिष्मा र संजोग यो गीतको भिडियोमा मात्र देखिनेछन्। फिल्ममा भने हसन खान, नीशा अधिकारी, मेलिना मानन्धर र ओसिमा वानु मुख्य भूमिकामा छन्।

शंकर कार्कीले निर्देशन गरेको फिल्म, रामेश्वर कार्कीले खिचेका हुन्। सहिमा श्रेष्ठ र सुनिल पाण्डेको स्वर रहेको यो गीतमा सुनिल पाण्डेकै संगीत छ भने गम्भिर बिष्टले कोरियोग्राफी गरेका छन्।

कात्तिक १७ गतेबाट यो फिल्म देशभरका हलमा रिलिज हुँदैछ। निर्माता तथा हिरो हसनले भने–‘अडियो हिट भैसकेकाले हामीलाई भिडियो पनि उत्कृष्ट बनाउनुपर्ने चुनौती छ। यसैले, सोही अनुसार मिहिनेत गरेर भिडियो तयार हुँदैछ।’

SUBSCRIBE 👉