मलेसियामा राजेस पायल राईको धमाकेदार प्रस्तुति – फोटो फिचर


राई इज किङ नामले परिचित गायक राजेशपायल राई मलेसियाको विभिन्न स्थानहरुमा आफ्नो धमाकेदार प्रस्तुति दिएर फर्केका छन्। मुस्लिमहरुको चाड (हरिराया) इदको अवसरमा उनले मलेसियाको जोहोरबहारु र मलकामा सांगीतिक प्रस्तुति दिएका हुन्।

जुन महिनाको २५ तारिख मलाका र २६ तारिखमा जोहोर बहारुमा गरिएको मकालु साँगीतिक कार्यक्रमकोलागि राई मलेसिया पुगेका थिए। कार्यक्रममा उनले चर्चित गीतहरु ननस्टप प्रस्तुत गर्दा मलेसियाबासी दर्शकहरुले भरपूर मनोरञ्जन गरे।

कार्यक्रममा राईले ‘किन यति धेरै माया लाग्छ नि, तिमीले बाटो फेर्यौ अरे, दिक्तेल बजार, मैना राजा मैना रानी, ठूली, दर्शन नमस्ते, धरान धनकुटा, भेडेटार, नाईं नभन्नु ल जस्ता चर्चित गीतहरु गायका थिय।

कार्यक्रममा उनीसगै नेपालबाट आएका हास्यकलाकार दिनेश काफ्ले, गायिका मिना तामाङ र नृत्याङ्गना मल्लिका तामाङको प्रस्तुती पनि प्रशंनीय थियो। स्थानीय कलाकारहरुले पनि सामूहिक प्रस्तुती थियो। कार्यक्रमलाई श्री राई, मचिन्द्र लिम्बू र माया राईले आयोजना गरेका हुन् भने गुर्खा रेष्टुरेण्टले प्रायोजन गरेको थियो।

SUBSCRIBE 👉