इन्डोनेसियामा सुपर मोडल आस्था पोखरेल – बिकिनी फोटो फिचर


किङफिसर सुपर मोडलको रुपमा अन्तरराष्ट्रिय स्तरमा नै चर्चा बटुलेकी नेपाल सुन्दरी मोडल आस्था पाखेरेल यतिबेला इन्डोनेसिया भ्रमण गर्दैछिन्। उनले इन्डोनेसियाको बाली भन्ने स्थानमा खिचेका केहि आकर्षक तस्विरहरु उनको इन्स्टाग्राम प्रोफ़ाईल पेज पोस्ट गरेकी छिन्। ति मध्य आकर्षक ३ तस्विरहरु हामीले यहाँ प्रस्तुत गरेका छौ। साथै उनको बारेमा केहि तथ्यहरु प्रस्तुत गरेका छौ।

Super Model Astha Pokharel Bikini Picture

# संगीत, चित्रकला तथा नृत्यमा रुचि राख्ने आस्था सन् २०१२ मा सिंगापुरमा सम्पन्न ‘एसियाज नेक्स्ट टप मोडल’ को उत्कृष्ट ५ सम्म पुग्न सफल भएकी थिइन्। त्यसपछि उनी सन् २०१३ मा बैंककमा सम्पन्न सुपर मोडल इन्टरनेसनलको उत्कृष्ट १० सम्म पुग्न सफल भएकी थिइन्।

यो पनि हेर्नुहोस् : आस्था पोखरेलको ग्ल्यामरस फोटो ग्यालरी

# आस्थाले मिस नेपाल २०१४ को थर्ड रनर्स अपको उपाधि जितेकी थिइन्। मिस नेपाल-२०१४ का १९ प्रतिस्पर्धीमध्ये उनी सबैभन्दा अग्ली थिइन्। आस्थाको उचाइ औसत नेपाली युवतीहरूको भन्दा धेरै बढी अर्थात् ५ फिट साढे ९ इन्च छ।

Super Model Astha Pokharel Bikini Photo

# भारतीय टेलिभिजन च्यानल एनडिटिभी गुड टाइम्सले सञ्चालन गरेको मोडलहरूको रियालिटी शो ‘किङफिसर सुपरमोडल्स-२’ मा विजयी भएपछि उनको चर्चा अन्तर्राष्ट्रिय स्तरमा नै भयो। ‘किङफिसर सुपरमोडल्स-२’ मा आस्थाले उपाधिसँगै किङफिसर क्यालेन्डर २०१५ मा समेत छाउने अवसर पाइन्।

यो पनि हेर्नुहोस् : किङ्गफिसर क्यालेन्डरमा एस्तो थियो उनको ग्ल्यामर अवतार

# आस्था, क्लासिक डायमण्ड ज्वलेरीद्वारा आयोजित ‘फेस अफ क्लासिक डायमण्ड ज्वेलरी’को पहिलो संस्करणकी फस्ट रनर्स अप हुन्। आस्थाले नेपाल फेसन सप्ताह, ट्रेन्डसेटरलगायत नेपालमा आयोजित उत्कृष्ट फेसन शोहरूमा क्याटवाक गरिसकेकी छिन्।

Super Model Astha Pokharel Bikini Image

# सन् २०१० देखि मोडलिङ क्षेत्रमा पाइला चालेको बताउने आस्था पोखरेल एसियाली खेलकुदमा पदक विजेता बक्सिङका राष्ट्रिय खेलाडी बुवा सुशील पोखरेल तथा आमा सारा वान्तवाकी पहिलो सन्तान हुन्।

SUBSCRIBE 👉