‘कान्छी मट्याङट्याङ’मा करिश्मा


karishma-manandhar-hot

Actress Karishma Manandhar

ग्ल्यामर नेपाल, काठमाडौं। दिलाशा क्रिएसनको व्यानरमा फिल्म ‘कान्छी मट्याङट्याङ’ निर्माण हुने भएको छ। पुरन थापाको लेखन, निर्माण र निर्देशनमा बन्न लागेको फिल्मले बाँझी(बच्चा) नहुने महिलाको कथा बोकेको छ।

जेठको पहिलो साताबाट सुटिङ हुने फिल्ममा नायिका करिश्मा मानन्धर, पुरन, जयकिशन बस्नेत र अनु शाहलगायतको प्रमुख भूमिकामा अभिनय रहनेछ। कमेडी फ्लेबर समेत रहने फिल्ममा एनबी महर्जनको द्वन्द्व, टंक बुढाथोकी र विकास चौधरीको संगीत, सुरेन बसेल र रामजी लामिछानेको नृत्य तथा दिव्य सुवेदीको छायांकन रहनेछ।

नायिका करिश्मा मानन्धरले कथा र आफ्नो भूमिका राम्रो लागेकोले फिल्मको अफर स्वीकार गरेको बताईन्। सरल कथा र चित्तबुझ्दो रोलले आफुलाई प्रभाव पारेको उनले जनाईन्। करिश्मा अभिनित फिल्म ‘वान वे’ हाल प्रदर्शनको तयारीमा छ।

SUBSCRIBE 👉