गायिका मेचु धिमालको ‘गागरीको पानी…’ रोमान्टिक म्युजिक भिडियो


गायिका मेचु धिमाल आफ्नो नयाँ गीत ‘गागरीको पानी…’ को म्युजिक भिडियो लिएर दर्शकमाझ आएकी छिन्। सुगम संगीतमा आधारित उक्त रोमान्टिक गीतको म्युजिक भिडियोमा गायिका धिमाल आफैंले आकर्षक अभिनय तथा नृत्य समेत गरेकी छिन्। अभिनेता नीराजन प्रधानले गायिका धिमाललाई अभिनयमा साथ दिएका छन्।

विगत चार वर्षदेखि डोरेमी संगीत स्कूलमा संगीतको प्रशिक्ष्ँण लिएकी गायिका धिमाल गायनमा सुरिलो सुनिएकी छिन्। संगीतकर्मी भानुभक्त ढकालकी यी चेलीले यसअघि गाएको ‘कदम कदम’ गीत लोकप्रिय भैसकेको छ।

Singer Mechu Dhimal

Singer Mechu Dhimal

विभोर पोखरेलद्वारा निर्देशित यो म्युजिक भिडियोलाई गायिका धिमालले आफ्नै यूट्युब च्यानलबाट सार्वजनिक गरेकी हुन्। सुमन गुरुङ यो गीतका गीतकार तथा संगीतकार हुन्। रिकेश गुरुङले यो गीतमा संगीत संयोजन गरेका छन्।

‘गागरीको पानी…’ गीतको भिडियोलाई हरि हुमागाईंले खिचेका हुन्। रोमान्टिक शैलीको गीत भएका कारण उक्त गीतको भिडियोलाई निर्देशक पोखरेलले रोमान्टिक शैलीमै तयार पारेका छन्। सुप्रीम पराजुली यो भिडियोका सम्पादक तथा कलरिष्ट हुन्।

‘गागरीको पानी…’ रोमान्टिक म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

SUBSCRIBE 👉