भिमफेदी गाईज् सँग माला लिम्बुको झमक झमक


नव गायक हृदय दाहालको ‘झम्मक झम्मक’ बोलको गीतको भिडियोको यतिबेला सांगीतिक बजारमा चर्चा छ। किनकि चर्चित भिमफेदी गाईज् समूह सँग ग्ल्यामर मोडल तथा नायिका माला लिम्बु ‘झम्मक झम्मक’ गर्दै कामुक अवतारमा झूल्किएकि छिन्। यो गीतमा राजेन्द्र बजगाईको शब्द संगीत सुन्न सकिन्छ।

माला लिम्वु र भिमफेदी गाईज् समूहको अभिनय रहेको म्युजिक भिडियो ‘झमक झमक’ हेर्न यहाँ क्लिक गर्नुहोस्।

प्रकास धितालले निर्देशन गरेको यो म्युजिक भिडियो हरिसिद्धि उद्योग र ललितपुरमा छायांकन गरिएको हो। भिडियोमा अर्जुन तिवारीको छायांकन र निसान धिमिरेको सम्पादन छ। बुढासुब्बा डिजिटलले बजार व्यवस्थापन गरेको गीतलाई दर्शकले रुचाउने बिस्वास गायक दाहालको छ।

SUBSCRIBE 👉