सिपोरा गुरुङ्गको प्रेममा रमेश बुढाथोकी !


Sipora Gurung Ramesh Budhathoki

अभिनेता रमेश बुढाथोकी विस्तारै विस्तारै भलिवल खेलाडी सिपोरा गुरुङको मायामा पर्दै जान्छन। छिमेकी सिपोरालाई विस्तारै मन पराउँन थाल्छन, उनले खोजे झैँ आफ्नो स्वरूपमा पनि परिवर्तन ल्याउन थाल्छन। तर यो घटना रियललाईफको नभई फिल्मी लाईफको हो।

रमेश र सिपोरा अभिनित फिल्म ‘भुइँ मान्छे’को ‘जिन्दगि एउटा गीत हो…’ बोलको सार्वजनिक गीतमा यस्तै हेर्न सकिन्छ। जहाँ बढ्दै गरेको मायालाई देखाइएको छ। प्रमोद खरेलको अवाज रहेको यो गीतमा दयाराम पाण्डेको शब्द र अर्जुन पोखरेलको संगीत सुन्न सकिन्छ। गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेको यो गीतलाई बिदुर पाण्डेले खिचेका हुन्।

‘जिन्दगि एउटा गीत हो…’ भिडियो गीत हेर्न यहाँ क्लिक गर्नुहोस्

भदौ २ गतेदेखी प्रदर्शनमा आउने चलचित्र शैली इंटरटेनमेन्ट एण्ड मुभिज प्रा.ली र शैली थिएटरको प्रस्तुतीमा बनेको हो। निरुपा राज्य लक्ष्मी थापाको निर्माता रहेको चलचित्रको लेखन तथा निर्देशन नवराज बुढाथोकीले गरेका छन्। चलचित्रमा रमेश र सिपोराको अलावा सहिन प्रजापति, रामबाबु रेग्मी, बादल भट्ट, रोहिनी भट्टराई, सानु ताम्राकार लगायतका कलाकारहरुको अभिनय रहेको छ।

भुईंमान्छे टिजर हेर्नुहोस् : सिपोरा गुरुङ्गको एक्शन र रमेश बुढाथोकीको जिवन्त अभिनय

SUBSCRIBE 👉