योजनाको जन्मदिनमा संगीत अन्तरक्रिया


yojana-puri (3)
ग्ल्यामर नेपाल, काठमाडौं । जन्मदिन मनाउने मानिसको आफ्नै शैली हुन्छ। कोही साथीभाई बोलाएर भोज खुवाएर मनाउलान् त कोही सामाजिक सेवा गरी अरुको मुहारमा पनि खुशी ल्याएर मनाउन्। तर युवा पुस्ताकी आशलाग्दी गायिका योजना पुरीले आफ्नो जन्मदिन संगीत सम्बन्धी नै विशेष कार्यक्रम गरेर मनाईन्।

‘मनै त हो’ नामक उनको एल्बम र उनले संयुक्त रुपमा आयोजना गरेको ‘नेपाली गीत, संगीत हिजो आज र भोलि’ विषयको अन्तरक्रियामा नेपाली गीत, संगीत र गायनमा आबद्ध विभिन्न व्यक्तित्वहरुले संगीतको समिक्षा गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गीतकार डा. कृष्णहरि बरालले नेपाली संगीत क्षेत्रको समिक्षा गर्दै गीत र संगीत प्रगतिको पथमा लम्कँदै गरेकोमा खुशी व्यक्त गरे। वरिष्ठ गीतकार बुलु मुकारुङले संगीतले नेपाली मौलिकपना गुमाउँदै गएकोमा चिन्ता व्यक्त गर्दै त्यसको संरक्षणमा युवापुस्ता एक ढिक्का भएर लाग्नुपर्ने सुझाव दिए।

कार्यक्रममा वरिष्ठ गायिका लोचन भट्टराईले संगीतमा महिला अनुहारको प्रवेशले आफु खुशी बनेको भन्दै विगतको तुलनामा वर्तमान समयमा महिला संगीतकर्मीको संख्या ह्वात्तै बढेको दाबी गरिन्। संगीतकार राम सिटौलाले विगतको संगीतको अवस्थालाई मध्यनजर गर्दै त्यसलाई वर्तमानमा समेटेर भविष्यको लागि योजना बनाउने हो भने संगीत क्षेत्रको राम्रो विकास हुने बताए।

SUBSCRIBE 👉