उज्जन नेम्बाङको ‘मायाको खेल’मा घायल बनिन प्रिया !


गायक उजन नेम्बाङ को ‘गौरदहको बजारैमा’,’पोखराको तालैमा’ जस्ता गीतहरु दर्शक स्रोतामाझ हिट छन्। उनै गायक उजन नेम्बाङको ‘मायाको खेल…’ बोलको नयाँ गीत भिडियो रिलिज भएको छ। गायक स्वयम् कै निर्देशनमा भिडियो तयार भएको हो। पारिवारिक असमजदारी हुँदा हुने बिसंगती माथि बनेको भिडियोमा प्रिया रानी लामा,द्रिस्य सुबेदी र रवी शर्मा फिचरिङ्ग छन्।

मायाको खेल – म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

यो गीतमा बाङ्लादेशी गीतारिस्ट तथा अरेन्जर अभिजित चक्रवर्तिले अरेन्ज र गीतार वर्क गरेका छन् भने राजु बाबु श्रेष्ठको शब्द र ताङ्साङ नेम्बाङ को संगीत सुन्न सकिन्छ। अर्जुन तिवारीले छायाँकन गरेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन्।

SUBSCRIBE 👉