निर्देशक मिलन चाम्सको नयाँ फिल्ममा मोडल शिल्पा मास्के


छोटो समयमा धेरै चलचित्र निर्माण गर्ने निर्देशकको परिचय बनाएका मिलन चाम्सले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन्। फेसबुक मा स्ट्याटस पोस्ट गर्दै उनले ‘लिलिबिली’ शिर्षक रखिएको चलचित्रको निर्माण गर्ने घोषणा गरेका हुन्।

फिल्मको केन्द्रीय भूमिकामा शिल्पा मास्केलाई लिने पक्का पक्की भएको समेत स्पस्ट पारेका छन्। कभर डान्स भिडियो तथा म्युजिक भिडियोहरुमा देखिएकी शिल्पाले हलिउड चलचित्र ‘डक्टर स्ट्रेन्ज’ मा पनि अभिनय गरेकी छिन्।

चलचित्रकालागि बाँकी कलाकारहरुको छनौट हुन भने बाँकी रहेको उनले बताएका छन्। त्रिकोणात्मक प्रेमकथा माथि निर्माण हुने भनिएको चलचित्रलाई चाम्स इन्टरटेनमेन्ट, काफिया फिल्म्स र टाइम्स इन्टरटेनमेन्टले मिलेर निर्माण गर्न लागेका हुन्।

चाम्सले चलचित्र ‘हँसिया’ बाट निर्देशन यात्रा शुरु गरेका हुन्। उनकै निर्देशनमा बनेको चलचित्र ‘वीरविक्रम’ गत वर्ष रिलिज भएको थियो। चाम्स निर्देशित चलचित्र ‘ब्लाइन्ड रक्स’ र ‘हयाप्पी डेज’ रिलिजको तयारीमा छ भने यतिबेला उनि बायोपिक चलचित्र ‘बोबी’को छायांकनमा व्यस्त छन्।

SUBSCRIBE 👉