फिलिपिन्समा हुने ‘म्यान अफ द वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गर्दै डा.श्रीराम चन्द


फिलिपिन्समा यहि १९ देखि २९ जुलाइसम्म आयोजना हुने पुरुसहरुको सौन्दर्य प्रतियोगीता ‘म्यान अफ द वर्ल्ड’मा नेपालको प्रतिनिधित्व डा.श्रीराम चन्दले गर्ने भएका छन्। क्यानडा, ब्राजिल, अष्ट्रेलिया, सिंगापुर लगायत ३५ देशका युवाहरुको सहभागीता रहने र १० दिनसम्म चल्ने यो प्रतियोगीता पिइइपिएस फाउन्डेसनले आयोजना गर्न लागेको हो। प्रतियोगीताका लागि चन्द सोमबार मध्यान्न फिलिपिन्स उड्दै छन्।

‘मिष्टर नेपाल २०१७’का तेस्रो रनर अप समेत रहेका चन्दलाई यो प्रतियोगीतामा अवतार इन्टरनेशनलले पठाउन लागेको हो। बौद्धिकता र जिम्बेवारीको आधारमा समेत बिजेता छानिने प्रतियोगीतामा चन्दले नेपाली कला संस्कृती सहित सहभागी जनाउन लागेको अवतार इन्टरनेशनलका सिइओ सन्दीप पोखरेलले बताए।

नेपाली पहिरन र भेषभुषा समेत कार्यक्रममा आफुले प्रस्तुत गर्ने चन्दले बताए। प्रतियोगीताको अफिसियल कोरियोग्राफर रोजिन शाक्य रहेका छन्। नेपालको युवालाई बिभिन्न अवसरको ढोका खेल्ने बिस्वासका साथ चन्दलाई प्रतियोगीतामा सहभागीका लागि पठाउन लागेको अवतार इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर सुरज चिल्वालले बताए। यो प्रतियोगीतामा नेपालको सहभागिता पहिलो पटक हो।

SUBSCRIBE 👉