
ग्ल्यामर नेपाल, काठमाडौं । अमेरिका पलायन भएका गायक दिपेशकिशोर भट्टराई नयाँ एल्बमको तयारीमा लागेका छन्। हालै स्वदेश फर्किएका दिपेशले एल्बमको नाम पनि जुराइसकेका छन्, स्मृति -२। एल्बमको तयारी अन्तिम चरणमा पुगेको छ। दर्शक / श्रौतासँगको सम्बन्ध नटुटोस् भनेर एल्बम निकाल्न लागेको दिपेशले बताए। ‘एल्बममा मेरो आफ्नै शैलीका गीतहरु हुनेछन्,’ उनी भन्छन्, ‘दर्शक / श्रौताले पक्का पनि मन पराउनुहुनेछ। एल्बममा समावेश गीतको शब्द योगेन्द्रमणी दाहाल र संगीत राजु सिंहको रहने छ। जेठको पहिलो हप्ता एल्बम सार्वजनिक गरेपछि दोस्रो हप्ता उनी फेरि अमेरिका उड्नेछन्। अमेरिकामा पनि उनी विभिन्न साँस्कृतिक कार्यक्रममा प्रस्तुती दिने गर्छन्।
होम » गीत / संगीत » ‘स्मृति-२’ को तयारीमा दिपेश
थप पोस्टहरू हेर्नुहोस्
ट्रेन्डिङ पोस्टहरु
आश्मा विश्वकर्मा र पुष्प खड्काको डान्सिङ्ग भिडियो
आशिक राईको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा आस्मा विश्वकर्मा र अभिनेता पुष्प खड्काको धमाकेदार डान्स हेर्न सकिन्छ।
करिव ४ बर्षपछी नयाँ म्युजिक भिडियोका साथ गायनमा फर्किए सरोज ओली
गायक सरोज ओलीले डान्सिंगा विटमा नयाँ गीत रिलिज गरेका छन्। करिव ४ बर्षपछी उनि नयाँ म्युजिक भिडियोका साथ झुल्केका हुन्।
मलिका महत अभिनीत मिनी सिरिज ‘टिन स्पिरिट’को गीत सार्वजनिक
मलिका महत अभिनीत मिनी सिरिज 'टिन स्पिरिट'को सार्बजनिक 'सम्पूर्ण’ बोलको गीतमा अपुर्भ तामाङ्गको स्वर र सङ्गीत मनिष गुरुङ्गको संगीत सुन्न सकिन्छ। जीवन स्वार र...
कस्तो भयो त महेश र अस्मिताको ‘सोलफुल यु.एस.ए. म्युजिकल यात्रा’ ?
२ महिना भन्दा बढी अमेरिकाको भर्जिनिया, टेक्सस, फ्लोरिडा, नर्थ क्यारोलाइना, पेन्सिलभेनिया, मेरिल्यान्ड लगायतका राज्यमा आयोजना गरिएको महेश काफ्ले र अस्मिता...
‘नेपहपको श्रीपेच’ सिजन – ३ को डिजिटल अडिसन खुल्यो, विजेतालाई १० लाख!
NepHop Ko Shreepech Season-3 'को औपचारिक घोषणा। डिजिटल अडिसन खुल्ला । विजेतालाई रु १० लाख नगद र उपविजेतालाई नगद रु ५ लाख
‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार २०८२’ सम्मान तथा अञ्जना गुरुङको एकल सांस्कृतिक कार्यक्रम
गायक कमल विके ‘निर्मोही’लाई ‘कन्हैया-अञ्जना राष्ट्रिय संगीत पुरस्कार-२०८२’ बाट सम्मान गरिएको छ। नेपाली गीतसङ्गीतमा उनले पुर्याएको दीर्घसाधना र उल्लेखनीय...
