रेवतको सांगीतिक एल्बम इमर्ज सार्वजनिक


rewat-rai-emerge (1)
ग्ल्यामर नेपाल, काठमाडौं । खोटाङे गायक रेवत राईले डेब्यु एल्बम ‘इमर्ज’ श्रोतामाझ ल्याएका छन्। खोजी प्रतिभामा उत्कृष्ठ तीनमा पर्न सफल यी गायकको एल्बम वरिष्ठ गायक दीप श्रेष्ठ, संगीतकार सुरेश अधिकारी, महेश खड्का, भर्सटाईल गायक राजेशपायल राईलगायतले आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा विमोचन गरे।
rewat-rai-emerge (3)
उनको एल्बममा ‘चारधाम घुमी आएँ’, ‘तिमीलाई माया गरें’, ‘लाहुरे दाईको छोरी’, ‘चञ्चल पवनसँगै’, ‘जिन्दगीमा सधैंभरी’, ‘तिम्रो त्यो दोधारे बानी’, ‘मनको गीत’, ‘अलिकति तिम्रो’ र ‘दिखुवा साँघु’बोलका गीत छन्। गीतमा वीरेन्द्र राई, महेश खड्का, पुजा चौधरी, लिला राई, मुकेश राई, विश्वकाजी राई, भोगेन एक्ले, अम्बिका प्रधान र लाल सुन्दर राईको शब्द छ भने सुरेश अधिकारी, महेश खड्का, इन्द्र आरपी, राई नविन, मनोज राज, रेवत, भीमसेन राई, स्वरुपराज आचार्य र ताराप्रकाश लिम्बुको संगीत रहेको छ।

rewat-rai-emerge (2)

Rewat Rai

कार्यक्रमका प्रमुख अतिथि गायक श्रेष्ठले नेपाली संगीत क्षेत्रमा युवा अनुहारको प्रवेश अत्यन्त सकारात्मक रहेको बताए। कार्यक्रममा ‘लाहुरे दाईकी’ बोलको गीतको म्युजिक भिडियो पनि देखाइएको थियो। जसका निर्देशक प्रकाश अधिकारी हुन्।

SUBSCRIBE 👉