प्रिन्स एण्ड प्रिन्सेस् इन्टरनेसनल २०१७ मा टिम नेपाललाई सफलता


बालबालिका र टिनएजर युवतीहरु सम्बन्धीत अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘प्रिन्स एण्ड प्रिन्सेस् इन्टरनेसनल २०१७’ मा टिम नेपाललाई सफलता प्राप्त भएको छ।

प्रतियोगिताको मिष्टर टिन प्रिन्सको विधामा सहभागिता जनाएका अंकित फस्ट रनर अप रुपमा विजयी भए संगै उनी प्रतियोगिताका लागि मिष्टर एशिया प्यासेफिक टिनको अवार्ड विजेता बने। अंकितले प्रतियोगितामा वेष्ट इन्टरभ्युको अवार्ड पनि प्राप्त गर्न सफल भए। १६ वर्षिय अंकित तिवारी पाँच फिट ६ इन्च अग्ला छन्। मिष्टर टिन नेपालका स्टाइलिस अवार्ड विजेता अंकित होटल म्यानेज्मेन्टका विद्यार्थी हुन्।

मिस टिन प्रिन्सेस् इन्टरनेसनल विधाका लागि सहभागि योजना घले भने पर्सनालिटी अवार्डमा विजेता बनिन्। उनले वेष्ट इन्ट्रोडक्सनको अवार्ड पनि हात पार्न सफल भइन्। १९ वर्षिया योजना घलेको शारारिक उँचाई पाँच फिट तीन इन्च छ। चितवन निवासी योजना मिस टिन चितवन प्रतियोगितामा पब्लिक च्वाइस र वेष्ट स्माइलको अवार्ड विजेता हुन्। उनी मिस ग्राण्ड नेपाल २०१६ का पनि सहभागि रहिसकेकी छिन्।

लिटिल मिस प्रिन्सेस् इन्टरनेसनल विधामा सहभागिता जनाएकी अन्जशा रिजाल भने लिटिल मिस चार्मिङ र लिटिल मिस कन्जिनियालिटी अवार्डतर्फ विजेता बन्न सफल भइन्। १२ वर्षिया अन्जशा रिजाल द एक्सेलसियर स्कूलकी छात्रा हुन्। ५ फिट दुई उँचाईकी अन्जशा राजधानी सम्पन्न लिटिल प्रिन्स एण्ड प्रिन्सेस् २०१६ प्रतिस्पर्धाकी लिटिल प्रिन्सेस् उपाधि विजेता हुन्। अन्जशाले लिटिल मिस प्रिन्सेस् इन्टरनेसनल प्रतियोगिताका लागि ट्यालेन्ट राउन्डका लागि स्वजन रघुवंशीबाट मौलिक नेपाली नृत्यको तयारी गरेकी थिइन् भने उनका लागि प्रतियोगिताको वार्डरोब पेज थ्रीले संयोजन गरेको हो।

सो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि टिम नेपालका लागि डिजाइनरद्वया रविन परियार र सविता प्रजापतिले पनि वार्डरोब तयार पारेका थिए। थाइल्याण्डको चियाङमई गत जुलाई २६ देखि ३१ तारिख सम्म संचालन भएको सो प्रतियोगिताका लागि अन्जसाको चयन प्रक्रिया र संयोजना इभेन्ट बेटर ग्यालेक्सीले गरेको हो। तीनै जना नेपाली प्रतिनिधिहरुले सो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता सम्बन्धी अभिमुखीकरण र आवश्यक ग्रुमिङ कोरियोग्राफर रोजिन शाक्यबाट प्राप्त गरेका हुन्। उल्लेखित प्रतियोगितामा टिम नेपालको प्रतिनिधित्वको समग्र संयोजन तथा व्यवस्थापन ग्रुप अफ इभेन्ट इन्टरटेनर्स, जि.ई.इ.ले गरेको हो।

SUBSCRIBE 👉