आगन्तुकको तीज गीतमा नम्रता र सुष्माको छमछमी


पप तथा आधुनिक शैलीका गीत गाएर सांगीतिक क्षेत्रमा स्थापित गायिका गायिका आगन्तुक खरेलले तीजको अवसर पारेर एउटा कर्णप्रिय गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन्।

गायक खरेलको स्वरको तीज गीत ‘बरीलै रमाइलो तीजमा…’ संगीतकार बिजु बज्रको संगीत तथा रचना सुन्न सकिन्छ। संगीतकार बज्रद्वारा नै निर्देशित म्युजिक भिडियोमा अभिनेत्री नम्रता सापकोटा तथा मोडल सुष्मा थापाले आकर्षक नृत्य गरेका छन्।

भिडियोमा गायिका खरेल तथा उनकी छोरीले पनि कम्मर मर्काएका छन्। अजय रेग्मीद्वारा छायांकन गरिएको म्युजिक भिडियोको सम्पादन प्रविण भट्टले गरेका हुन्। गायिका खरेलले दुई वर्षअघि पहिलो पटक तीज गीत ‘आउ संगै नाँचौं’ शीर्षकको गाएकी थिइन्।

SUBSCRIBE 👉