सुरु भयो आशिष र रेवतीको ‘समर लभ’


सुविन भट्टराईको चर्चित उपन्यासमा आधारित रहेर निर्माण हुन लागेको चलचित्र ‘समर लभ’को छायांकन सुरु भएको छ। यो चलचित्रको सोमबारबाट छायांकन सुरु गरिएको हो। आशिष पिया र रेवती क्षेत्रीको मुख्य भूमिका रहने चलचित्रको घोषणा भने केहि समय अघि नै गरिएको थियो। चलचित्रमा मुस्कान ढकालको निर्माण तथा निर्देशन रहने छ।

चलचित्रमा आशिष र रेवतीका अलावा नम्रता सापकोटा, शिशिर भण्डारी लगायतको अभिनय रहनेछ। चलचित्रको छायाँकन काठमाडौं, पोखराका साथै नर्वेमा पनि गरिने निर्माण पक्षले जनाएको छ। ‘समर लभ’मा संबाद र पटकथा सामिप्य राज तिलाम्सिना, संगीत पुष्पन प्रधान को रहनेछ भने छायांकन सन्जय लामाले गर्दैछन्।

सुविन भट्टराईको ‘समर लभ’ युवा पुस्तामाझ निक्कै रुचाईएको उपन्यास हो।

हेर्नुहोस् ‘समर लभ’ कि नायिका रेवती क्षेत्रीको आकर्षक तस्विरहरु (फोटो स्लाइड सो – भिडीयो)

SUBSCRIBE 👉