१६ वर्ष पछि फिल्म हेरेका प्रज्ञा प्रतिष्ठानका कुलपतिले गरे ‘भुइँमान्छे’ को तारिफ


गत शुक्रबार देखि प्रदर्शनमा आएको फिल्म ‘भुइँ मान्छे’ लाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतीले हेर्नु भएको छ। आफ्नो परिवार सहित कुलपति उप्रेती शनिवार साझ सिभिल मल स्थित क्युएफएक्समा ५:३० बजेको शो हेर्न पुग्नु भएको थियो। उहासंगै पुराना कलाकार सन्तोष पन्त पनि फिल्म हेर्न पुगेका थिय।

पन्त २ महिना पछी फिल्म हेर्न हलमा पुग्नु भएको रहेछ भने कुलपति उप्रेतीले १६ वर्षपछी फिल्म हेर्नु भएको रहेछ। पछिल्लो फिल्म ‘पन्छी’ (सन् २००१) हेरे यता उहा हलमा फिल्म हेर्न नपुगेको बताउनु भयो। नवराज बुढाथोकीको लेखन तथा निर्देशन रहेको फिल्म ‘भुइँ मान्छे’ मा पोष्टमार्टमका लागि ल्याइने शव चिर्ने व्यक्तिको जीवनीमा आधारित छ। रोहिणी भट्टराईको निर्माण रहेको यस फिल्ममा रमेश बुढाथोकी, सिपोरा गुरुङ, सहिन प्रजापति लगायतको अभिनय रहेको छ। फिल्मले दर्शकबाट भने राम्रो प्रतिक्रिया बटुली रहेको छ भने यसको फरक विषयवस्तुलाई रुचाइएको छ।

फिल्म हेरिसके पछि गङ्गा प्रसाद उप्रेतीले भने – ‘मलाई ट्रेलरले नै आकर्षित गरेर फिल्म हेर्न आएको हुँ। जुन समय छुट्याएर झन्डै १५ वर्ष पछी म फिल्म हेर्न आएको थिए , त्यसको सदुपयोग नै भयो। नेपाली फिल्म बन्ने शैली मात्र फेरिएको रहेनछ, नयाँ विषयवस्तु पनि हेर्न पाइयो। फिल्मले दर्साउने मनोविज्ञानबाट हामीले केहि सिक्नु पर्छ जस्तो लाग्छ र ति व्यक्तिको पेशालाई पनि हामीले सम्मान गर्न सक्नु पर्छ। साथै फिल्ममा देखाइएको दृश्यले पर्यटनलाई पनि टेवा पुग्ने मेरो विश्वास छ। राम्रो फिल्म हेर्न निम्त्याउनु हुने भुइँ मान्छे टिमलाइ धन्यवाद।’

कलाकार सन्तोष पन्तको भनाई भने एस्तो रह्यो – ‘मैले २ महिनापछी फिल्म हेरे र निकै राम्रो लग्यो। प्राय निर्माता निर्देशकले आफ्नो फिल्मलाई फरक विषयवस्तु भन्छन तर यो साचै फरक छ। नेपाली फिल्ममा यसैगरी आफ्नै मौलिक नयाँ विषयलाई दर्शक समक्ष लग्नु पर्छ। यो फिल्म हेर्दा केहि फरक अनुभव हुन्छ अनि कलाकारले निकै राम्रो काम गर्नु भएको छ। मलाई त राम्रो लग्यो तपाइँ पनि समय निकालेर हेर्नुस है त।

SUBSCRIBE 👉