रहेनन् बलिउड अभिनेता सुधिर


sudhir-bollywood
सन् ७० र ८० को दशकमा प्रायः फिल्ममा काम गरेका अभिनेता भगवान दास मूलचन्द लुथरिया ‘सुधिर’को निधन भएको छ। बलिउडका ‘बादशाह’ र ‘सत्ते पे सत्ता’ जस्ता सुपरहिट फिल्ममा काम गरिसकेका सुधिर लामो समयदेखि अस्वस्थ्य थिए।

सुधिरले सन् ७० देखि ८० दशकका फिल्ममा नकारात्मक भूमिकामा अभिनय गरेका थिए। उनी फिल्ममेकर मिलन लुथरियाका काका थिए। समाचार अनुसार जीवनका अन्तिम क्षणमा उनी एक्लै थिए। उनले कहिल्यै विवाह गरेनन्। उनी मुम्बईको अधेरी इलाकामा बस्दै आएका थिए।

SUBSCRIBE 👉