क्याटवक गर्दा नायिका लडेपछि (भिडियो सहित)


Poonam-Dhillon-falls-on-ramp-1

Poonam Dhillo Falls on The Ramp

बलिउड डिजाइनर शाइना एनसी र विक्रम फडनीसद्वारा आयोजित एक इभेन्टमा बलिउडका चर्चित नायिकाहरुले गरेको क्याटवक आम दर्शकका लागि कुरा गर्ने माध्यम नै बन्यो । यो ¥याम्प शोमा केही नायिकाले आफ्नो सुन्दरतालाई देखाउने मौका पाए भने केही हिड्दा लडे पछि हाँसोको पात्र पनि बने । ¥याम्पमा भेट्रान नायिका साधना र पूनम ढील्लोले पनि क्याटवक गरेका थिए। तर पूनम चाहिँ क्याटवक गर्दा साडीमा अल्झिएर स्टेजमै लड्न पुगिन्।

पूनम विक्रम फड्नीसद्वारा डिजाइन गरिएको साडी पहिरिएर ¥याम्पमा आएकी थिईन् । उनले ¥याम्पमा हिड्न मात्र के शुरु गरेकी थिईन् उनको खुट्टा साडीमा अल्झिएपछि एक्कासी हिँडाईको सन्तुलन बिग्रियो, जसकारण उनी भुइँमै लडिन् । तर दुवै हातले भुइँलाई टेकेर सन्तुलन कायम गर्दै त्यहाँबाट उठेकी थिईन् । उठेपछि उनी पुरा जोशका साथ ¥यापमा हिडिन् र दर्शकको तारिफ आफ्नो पक्षमा पारिन् । यो इभेन्टमा रणवीर कपुर, विवेक ओबराय, मनिष पाल, अदिति राय हैदरी, टैरेंस लुइस, रोहित रोय, ज्याकी श्राफ, साक्षी तन्वर, चंकी पाण्डेलगायत सहभागी भएका थिए।

Poonam-Dhillon-falls-on-ramp¥याम्पमा क्याटवक गर्दा कपडामा अल्झिएर नायिका लड्ने गरेको घटना नयाँ होइन । यसअघि धेरै बलिउड अभिनेत्रीहरु क्याटवककै समयमा लडेका छन् । बलिउड नायिका सोनाक्षी सिन्हा, सुष्मिता सेन, शजान पद्यमश्री, मिस वल्र्ड र नायिका एशिया पार्वती ओमनाकुट्टम र पाकिस्तानी नायिका रीमा स्टेजमा लड्ने नायिकाको सूचीमा छन्।

¥याम्पमा क्याटवक गर्न कंगना रनावत माहिर मानिन्छिन् । तर विल्स लाइफ स्टाइल फेसन शोमा ¥याप गर्दा यी नायिका तीनपटक लर्बराईन् । कंगना क्याटवक गर्न जब स्टेजमा आईन, तब उनको गाउनमा उनी अल्झिईन् । तर उनी सयमित हुँदै स्टेजमा हिँडिन् । अर्की नायिका सोनाक्षी सिन्हा डिजाइनर गैविन मिगुअलको शोमा ¥याप शोमा हिड्दा सन्तुलन गुमाएर स्टेजमै लडिन् । बैंङ्लोरको एक होटलमा आयोजित शोमा सोनाक्षी ¥याम्पमा क्याटवक गर्न स्टेजमा उक्लने बित्तिकै लडिन् र तुरुन्तै आफैलाई सम्हाल्दै आत्मविश्वासका साथ स्टेजमा हिडिन् । बलिउडकी चर्चित अभिनेत्री श्रीदेवी पनि ¥याम्पबाट लड्नबाट बचेकी छिन् । सन् २०१० मा लेक्मी फेसन वीकमा नीता लुल्लाको डिजाइनमा तयार पारिएको पहिरनमा स्टेजमा हिड्दा हिडाईको सन्तुलन नै बिगारिन्।

SUBSCRIBE 👉