अमेरीकाको २० शहरमा चित्रकला पर्दशनी गर्दै चित्रकार बास्ताकोटी



चित्रकार कुशल बास्ताकोटी यतिबेला अमेरीकामा बस्दै आइरहेका छन् । सानै देखि बुवाको प्रेरणाले चित्र बनाउन लम्किएका बास्ताकोटी यतिबेला भने ब्यवासाहिक चित्रकारको रुपमा स्थापित भएका छन् । पोखरामा जन्मिएका उनि केही समय देखि बिभीन्न ठाउँमा आफ्नो चित्रकला पर्दशन समेत हुदै आएको छ । कलामा नयाँ खोज र चिन्तन हुनुपर्छ भन्ने मान्यता राख्ने उनि बिशेस गरेर ठाउँ बिशेस चित्रहरु बनाउन रुचाउछन् । उनि यतिबेला अमेरीकाको बिभीन्न शहरहरुमा आफ्नो एकल चित्रकला पर्दशनीको तयारीमा जुटेका छन् ।

सुरुवातमा रहरले चित्र बनाउदै अघि बढेका उनिले बिभीन्न अवार्ड समेत जितिसकेका छन् भने थुप्रै देशको भर्मण समेत गरिसकेका छन् । करिब १३ बर्षको उमेरमै मेरिट अवार्ड पाएर नेपालको प्रतिनिधि भएर अन्तर्राष्ट्रिय चित्रकलामा सहभागीता जनाएका कुशल भन्छन् ‘भबिस्वमा चित्र बनाएरै नेपालको नाम अन्तरास्ट्रिय स्तरमा चिनाउने मन छ’ त्यहि अनुरुप काम गर्दै आएको छु अवस्य पनि त्यो दिन आउछ उनले थपे ।
‘कलाका अथक साधक, मृदुभाषी, सबैमा समान व्यवहार र नयाँ कलाकारलाई प्रोत्साहन प्रदान गर्ने स्वभाव भएका उनि केही गर्छु भन्ने अडान लिएर कलाको कला क्षेत्रमा योगदान दिनेलाई राज्यले उचित सम्मान र हौसला दिनुपर्ने उनको भनाई छ ।

SUBSCRIBE 👉