प्रेम र प्राप्तिको लडाई  (रुद्रप्रिया ट्रेलर )


फिल्म रुद्रप्रियाको ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक साढे दुई मिनेट लामो प्रोमोमा प्रेम र प्राप्तिको लडाई  समावेश छ । रेखा थापा र आर्यन सिग्देल ८ वर्षपछि एकसाथ देखिएको कारण पनि यो फिल्म दर्शकहरुको लागि प्रतिक्षाको फिल्म बनेको छ ।

रेखा फिल्मस्मा निर्माण भएको रुद्रप्रियालाई सुदिप बबी भूपाल सिंहले निर्देशन गरेका हुन । फिल्ममा रेखा र आर्यनसँगै टिका पहारी, राजन ईशान लगायत कलाकारहरु अभिनय रहेको छ ।

फिल्म संजय लामाको छायाँकन रहेको फिल्ममा सुरेश अधिकारी, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ । रेखा र आर्यनले अभिनय गरेको फिल्म कसले चोर्यो मेरो मन सफल फिल्म हो । फिल्म तिहारको अवसर पारेर रिलीजमा आउदैछ ।

SUBSCRIBE 👉