सोनाक्षीको सुरक्षामा ५० प्रहरी


sonakshi-sinha

Sonakshi Sinha

बलिउड दबंग गर्ल सोनाक्षी सिन्हा हाल आफ्नो पहिलो तमिल फिल्म ‘लिंगा’को सुटिङमा व्यस्त छिन्। दक्षिण भारतीय फ्लेबरको यो फिल्मको सुटिङ गर्न गएकी सोनाक्षीलाई उनका फ्यानले गर्न सक्ने सम्भावित अवरोधलाई ख्याल राख्दै ५० सुरक्षाकर्मी र ३० बाउन्सर उनको सुरक्षामा तैनाथ गरिएको छ।

रजनीकान्तले बनाएको यो फिल्मको सुटिङ मैसुरको एक सरकारी घर, एक स्थानीय दरबार र केही आउटडोर लोकेसनमा हुनेछ। दक्षिणका सुपरस्टार रजनीकान्त र सोनाक्षीको जोडीलाई देख्नका लागि सुटिङस्थलमा हजारौंको भिड लागे पछि उनीहरुलाई कडा सुरक्षा व्यवस्था गरिएको हो। काम गरिरहेको अवस्थामा अचानक भीड बढेपछि रजनीकान्त पनि तनावमा परेका छन्। ‘यति धेरै मान्छे कहाँबाट आएका हुन्,’ उनी आफ्ना प्राविधिकलाई सधैं यही प्रश्न सोध्ने गर्छन्। फिल्मका प्रोडक्सन एक्जुकेटिभ सुरेश कुमारस्वामीका अनुसार रजनीकान्तले ऐश्वर्याका साथ रोबोट र दीपिका पादुकोणका साथ कोचडयानको सुटिङ गर्दा पनि त्यति धेरै दर्शक उपस्थित भएका थिएनन्।

SUBSCRIBE 👉