दर्शकसँग ‘जोनी जेन्टलम्यान’ जोडी पल र आँचल, अटोग्राफ र सेल्फी खिच्न भ्याई नभ्याई


प्रदर्शनको पहिलो दिन शुक्रबार सुखद व्यापार गरेको फिल्म जोनी जेन्टलम्यानले शनिबार भने देशकभरका प्राय जसो हलहरुमा हाउसफूलको व्यापार गरेको छ। राजधानीका गोपिकृष्ण, अष्टनारायण, गुण, गंगा र कलंकी लगायत हलहरु हाउसफूल भएको र मल्टिप्लेक्सका बिहानी शोमा ७५ प्रतिशत र दिवा शोहरुमा शतप्रतिशत अकुपेन्सी रहेको वितरक सुनिल मानन्धरले बताएका छन्। मोफसलमा पनि दर्शकको चाप राजधानीकै सरह रहेको निर्माता अजयमल्ल ठकुुरीले जानकारी दिएका छन्।

हलमा दर्शक हाउसफूल भएपछि नायक पल शाह, नायिका आँचल शर्मा, निर्देशक नितिन चन्द र निर्माताहरु अजय र एन्ड्रयु पौडेल फिल्म हलहलमा पुगे। गोपिकृष्ण र अष्टनारायणका दर्शकसँग उनीहरुले खुसी साटे। पल र आँचलसँग सेल्फी खिच्न फ्यानहरु तछाड मछाड गरिरहेका थिए।

शनिबार सँगै असोज ३ गते संविधान दिवसको सार्वजनिक बिदा परेका कारण जोनी जेन्टलम्यानलाई झनै फाइदा पुग्ने देखिन्छ। पल र आँचको मुख्य भूमिका रहेको यो फिल्म एक्सन लभ स्टोरी जनराको हो। पल अभिनित यसै वर्ष प्रदर्शनमा आएको फिल्म ‘म यस्तो गीत गाउँछु’ सुपरहिट भएको थियो।

SUBSCRIBE 👉