एयर होस्टेस र फेसन डिजाईनिङ्गका विद्यार्थीहरु सडकमा


एयर होस्टेस र फेसन डिजाइनर बन्न अध्ययन गरिरहेका युवतीहरु शनिबार सडकमा देखिए। उनीहरु कुनै माग राखेर सडकमा ओर्लिएका भने होइन। उनीहरु रातो पहिरनमा क्यान्सर सचेतना अभियानमा सडकमा ओर्लिएका हुन्।

एयर होस्टेस र फेसन डिजाइनरका विद्यार्थीहरुलाई फ्लाईटेक इन्टरनेशनल एयर होस्टेस एकेडेमी, फेसन इन्स्टिच्युट आईआईएफटी र नेपाल क्यान्सर रिलिफ सोसाइटीले क्यान्सर सचेतनाका लागि सडकमा उतारेको हो।

नेपाल क्यान्स रिलिफ सोसाइटीको ३५औं वार्षिकीको अवसर पारेर फ्लाईटेकको अग्रतामा सो र्याली निकालिएको थियो। र्यालीमा एयर होस्टेस र फेसन डिजाइनिङका दुई सयभन्दा बढी विद्यर्थी सहभागी थिए। फ्लाईटेकको कार्यलय बागबजारबाट र्याली सुरु भई रत्नपार्क, मांहाकाल, न्युरोड, इन्द्रचोक, असन, भाटाहिटी हुँदै बागबजारमै आएर टुंगिएको थियो। यस्ता किसिमका कार्यक्रमले क्यान्सर रोकथाममा सचेनता आउने फ्लाईटेकका निर्देशक नाजिर हुसैनको भनाई छ।

SUBSCRIBE 👉