रामकृष्ण र अन्जुको गीतमा प्रियंका र आयुष्मानको प्रेम


गायक / गायिका रामकृष्ण ढकाल र अञ्जु पन्तको लोकलयमा आधारित गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको प्रेम झल्किएको छ।

विन्ध्यवासिनी म्युजिक प्रालिको यु ट्युव च्यानल मार्फत सार्बजनिक गरिएको गीतमा कृष्ण केसीको शब्द रहेको गीतमा श्रीकृष्ण बम मल्लको संगीत छ। संगीत संयोजन राजन इशानले गरेका छन्।

अर्जुन अधिकारीको निर्देशन रहेको म्युजिक भिडियोको कोरियोग्राफी सुरेश बस्यालको रहेको छ भने छायांकन हरि हुमागाइँले गरेका छन्।

SUBSCRIBE 👉