हिन्दी फिल्म बनाएर प्रदर्शनकालागी नेपालमा निर्माता


bin fere free main tere
ग्ल्यामर नेपाल, काठमाडौं । नेपाली फिल्म निर्माताले नेपाली फिल्म बनाएरै लगानी उठाउन धौ धौ परिरहेका बेला एक नेपाली निर्माता चाहिँ हिन्दी फिल्म बनाएर प्रदर्शनका लागि नेपाल आइपुगेका छन्। नेपालीले बनाएको हिन्दी फिल्मले पनि व्यापारिक रुपमा सफलता पाउँछ भन्ने उदाहरण दिन यतिबेला निर्माता दिवस बाबु पुरी आफ्नो फिल्म ‘बिन फेरे फ्रि मे तेरे’लाई लिएर नेपालमा प्रदर्शनका लागि राजधानी आइपुगेका छन्।

‘फिल्म निर्माण गर्नु चानचुने कुरा होइन रहेछ, निकै बढी लगानी गर्नुपर्ने रहेछ,’फिल्मका बारेमा जानकारी दिन बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा पुरीले भने,‘लगानी गरे अनुसार फिल्मले प्रतिफल पाउनेमा विश्वस्त छु।’उनका अनुसार फिल्ममा कमेडी, लभ र एक्सन दृश्य हेर्न पाइनेछ।

Bin Fere Free Main Tere

Bin Fere Free Main Tere

त्यस्तै नायक नायक निखिल उप्रेतीले राम्रो र स्तरीय फिल्म बनाउन सके विदेशी पैसा पनि नेपाल भित्र्याउन सकिने बताउँदै हिन्दी फिल्मको सफलताको कामना गरे। उनले आफूले पनि बलिउड फिल्म निर्माण गर्न लागेको र त्यसको धेरै प्रतिशत सुटिङ नेपालमै गर्ने खुलाए।

मनोज शर्माको निर्देशनमा बनेको फिल्ममा अर्श देवल, अश्रीता अग्रवाल, मनोज जोशी, यसपाल शर्मा, मनोज पाह्वा, हिमानी शिवपुरी, गोविन्द नामदेओ, मुकेश तिवारी, शरत सक्सेना, अतुल पार्चर, रज्जाक खान र मुस्ताक खानलगायतका कलाकारले अभिनय गरेका छन्। मनोजकै लेखन रहेको फिल्म शुक्रबारबाट नेपालमा प्रदर्शन हुँदैछ भने केही समयपछि भारतमा प्रदर्शन हुने फिल्मका वितरक करण श्रेष्ठ ‘क्रेजी’ले बताए।

SUBSCRIBE 👉