एकै साथ लिम्बु र नेपाली भाषामा मान तबेबुङको एल्बम सार्वजनिक


Man Tapebung (2)
ग्ल्यामर नेपाल, काठमाडौं । लामो समयदेखि युकेमा रहेर ब्रिटिश आर्मीमा कार्यरत युवा मान तबेबुङ(नाजम)ले एकसाथ लिम्बु र नेपाली भाषाका दुई गिती एल्बम श्रोतामाझ ल्याएका छन्। आफ्नै स्वर रहेको एल्बम ‘इन्टेक १९९३’ र ‘लुङा’को किरात राई यायोक्खाका अध्यक्ष उत्तमसिंह थाङदिन र वरिष्ठ गीतकार डा. कृष्णहरि बरालले बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरे।

एल्बम ‘इन्टेक १९९३’मा ‘हिजो आज’, ‘नक्कलीलाई’, ‘फक्ताङलुङ वारी’, ‘तिम्रो कसम’, ‘तमोरको पानीले’, ‘आशामा बसेछु’, ‘तिमीलाई सम्झी हरपल’ र ‘गाजलु आँखाले’ बोलका गीत रहेका छन्। यो एल्बमका अधिकांश गीतमा गायककै रचना र संगीत छ भने एउटा गीतमा ताराप्रकाश लिम्बुको संगीत, रोहित लिङदेन, मिना सिङगक, कमल खत्रीको शब्द रहेको छ।

Man Tapebung (1)त्यस्तै ‘लुङा’ मा ‘तरेमे’, ‘मिक्ला कोम’, ‘आक्के दाङबा’, ‘मिम्जी योङले’, ‘आसेवारो’, ‘पोगाम्मे’ र ‘सेप्माइमु’ बोलका गीत छन्। गीतमा मान, यासेली योङहाङ, येहाङ लावती र यादन नुनाम शेर्माको शब्द रहेको छ भने मान, ताराप्रकाश र यादवको संगीत रहेको छ। एल्बममा मानका अलावा श्रेयसी चेम्जोङको पनि स्वर रहेको छ।कार्यक्रममा गीतकार डा. बराल, संगीतकार महेश खड्कालगायतले एल्बमको सफलताको कामना गरेका थिए। एल्बम ओपेरा ट्युन्सले बजारमा ल्याएको हो।

SUBSCRIBE 👉