पवन थिङको पहिलो एल्बम ‘फ्लाइ’ सार्बजनिक । ढाका टोपी लगाएर गरीयो सम्मान


गायक पवन थिङले गाएका सुगम संगीतमा आधारित आधुनिक शैलीका गीतहरुको एल्बम ‘फ्लाइ’ बुधवार काठमाडौंमा आयोजित एक समारोहमा विमोचन गरिएको छ। वरिष्ठ संगीतकर्मी प्रेमध्वज प्रधान, गायक राजु लामासहितका व्यक्तित्वले उक्त एल्बम विमोचन गरेका हुन्।

एल्बम विमोचन गर्दै संगीतकर्मी प्रेमध्वज प्रधानले गायक थिङको गायन शैलीको प्रसंसा गरेका थिए। समारोहमा उपस्थित गायक राजु लामाले पनि गायक थिङको गलाको खुलेर प्रसंसा गरे। शास्त्रीय संगीतमा स्नातक गरेका गायक थिङले पाँच गीतहरुको उक्त एल्बममा पुर्वेली लोक शैलीलाई पनि अपनाएका छन्। एल्बमका गीतमा सुसन लामाको शब्द तथा संगीत सुन्न सकिन्छ।

समारोहमा गायक थिङले संगीतकार सुसन लामाको गिटारवादनमा एल्बमका सबै गीतहरु प्रत्यक्ष गाएका थिए। त्यसक्रममा संगीतकर्मी प्रेमध्वज प्रधानले नेपाली सांगीतिक क्षेत्रमा स्टेजमै गिटार बजाएर गीत गाउने प्रचलन आफैंले प्रारम्भ गरेको स्मरण गरेका थिए।

समारोहमा विमोचित एल्बमको ‘सिमा पारी….’ गीतको म्युजिक भिडियो प्रिमियर गरिएको थियो। पासाङ योञ्जनले उक्त भिडियो निर्देशन गरेका हुन्।


कार्यक्रमको भिडियो हेर्नुहोस्


SUBSCRIBE 👉