‘पिंजडा ब्याक अगेन’को गीत रिलिज । सारा सँग निखिलले यसरी मर्काए कम्मर…


द्वन्द निर्देशक हिमाल केसी निर्देशित फिल्म ‘पिंजडा ब्याक अगेन’को पहिलो गीत रिलिज गरिएको छ। गीतको भिडियोमा निखिल उप्रेतीले ‘रुद्र’ बाट सिने यात्रा थालनी गरेकी नायिका सारा सँग कम्मर मर्काएका छन्। कोरियोग्राफर रामजी लामिछानेले एक्शन स्टार निखिल उप्रेतीलाई यो गीतमा नचाउन निक्कै कसरत गर्नु परेको देखिन्छ।

‘कु कु कु…’ (यता पनि छैन उता पनि छैन) बोलको गीत हेर्न यहाँ क्लिक गर्नुहोस्

गीतबारे जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै नायक निखिलले भने – “मैले बल्ल बल्ल कम्मर हल्लाएको छु। कम्मर हल्लाएको ठाउँमा ताली बजाइदिनु होला।’ साच्चै, गीतको भिडियोमा निखिललाई साराको साथमा कम्मर हल्लाउन हम्मे हम्मे परेको देखिन्छ। नायिका साराले कार्यक्रममा बोल्दै यो फिल्ममा काम गर्न आफूलाई निखिल उप्रेती देखि निर्देशक हिमाल केसीले राम्रो साथ दिएको बताइन्।

गीत रिलिज कार्यक्रममा बोल्दै गीतका गायक तथा संगीतकार राजनराज सिवाकोटीले लोक टुक्काहरुको मिश्रण रहेको यो गीत दर्शक तथा श्रोताहरुले मन पराउने कुरामा आफु ढुक्क रहेको आशय व्यक्त गरे। राजनराजले भने – ‘मैले निर्माण गर्ने सबै गीतमा नेपाली लोक शब्दको बाहुल्यता रहन्छ। लोप हुँदै गएका नेपाली शब्दको बारेमा नेपाली दर्शक तथा श्रोतालाई जानकार गराउन मैले लोक शब्दलाई निरन्तरता दिईरहेको छु। मेरा गीतलाई मनोरंजनका लागी मात्र नभएर शब्दकोषको बारेमा पनि बुझिदिनु हुन् आग्रह गर्दछु।’

फिल्ममा निखिल र सारा सँगै सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ र बालकलाकार कुशाग्र भट्टराईको मुख्य भूमिका छ। मौनता श्रेष्ठले लेखेको यो फिल्म माघ ४ गते बाट प्रदर्शन हुँदैछ।

गीत रिलिज कार्यक्रममा के के भयो ? को कसले के भने ? हेर्नुहोस् कार्यक्रमको पुरै भिडियो

SUBSCRIBE 👉