कमेडी फ्लेवरको ‘नेपाली बोईज’मा देखिनेछन् सुनिलदेखि श्रृष्टीसम्म


‘राते काइँला’नामले परिचित अभिनेता सुनिल थापाले कमेडी फ्लेबरका फिल्ममा खेलेको उदाहरण कमै मात्र छ। प्राय एक्सन र लभस्टोरी फिल्मका यी खलपात्र अब चाँडै दर्शकमाझ कमेडी फ्लेबरको फिल्म ‘अमेरिका बोइज’मार्फत देखिने भएका छन्। तीन युवाले गर्ने एउटा गल्तीले उनीहरूको जीवनमा आइपर्ने अनेक समस्यालाई प्रस्तुत गर्ने कथा माथि बन्न लागेको यो फिल्मको कथाबस्तु मनपरेकाले आफू अभिनयका लागि तयार भएको बताए।

सह–निर्देशकका रूपमा थुप्रै फिल्महरुमा काम गरिसकेका प्रवेश पौडेलले यो फिल्मबाट पूर्ण निर्देशकका रूपमा डेब्यु गर्दैछन्। ‘फिल्मको नाम विदेशी लागे पनि नेपालीहरूले भोग्दै आएको कथालाई फिल्ममा देखाउने छौं,’ निर्देशक पौडेलले भने, ‘फिल्ममा अमेरिका फिभरलाई देखाइनेछ। नाममा अमेरिका जोडिए पनि फिल्म चाहिँ नेपाल मा नै छायाँकन गरिने छ।

बडी इन्टरटेनमेन्ट र सिबर्ड पिक्चर्सको ब्यानरमा निर्माण हुने फिल्ममा अर्पण थापा, सुनिल थापा, हरिहर शर्मा, सन्दिप क्षेत्री, कामेश्वर चौरसिया, सृष्टी कार्की, आशिष प्रसार्इं, अभय बराल, मनिष राउत, रुवी राना, सुवास गजुरेल र शारदा गिरीको अभिनय रहनेछ।

झापा र काठमाडौंमा छायाँकन हुने फिल्ममा इन्द्रप्रसाद खरेल र डम्बर चन्दले लगानी गरेका छन्। प्रकाश भुजेल र अनुप थापा फिल्मका कार्यकारी निर्माता हुन्। फिल्ममा विवेक पाण्डेको कथा, दीपक आरजे, जयन जे वाइवाको संगीत, निमेष श्रेष्ठको सम्पादन र आलोक शुक्लाको छायांकन रहनेछ।

फिल्म कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री महेश बस्नेतले वैदेशिक रोजगारीका विषयमा पछिल्लो समयमा फिल्म बनिरहेको बताउँदै अबका फिल्मले वैदेशिक रोजगारी भन्दा पनि स्वदेशमै रोजगारीका विषयमा कथा बनाउनुे तर्क राखे।

भिडियोमा हेर्नुहोस् यसरि गरियो अमेरिका बोईजको घोषणा

SUBSCRIBE 👉