जेठ ५ गतेबाट फ्लोरमा रेञ्जर – वास्तविक योद्धा


Ranger-first-clap (1)ग्ल्यामर नेपाल, काठमाडौं । नेपाली सुरक्षा संयन्त्रको अमर कथा भनिएको फिल्म ‘रेञ्जर–वास्तविक योद्धा’को राजधानीमा शुक्रबार मुहुर्त गरिएको छ । स्मारिका फिल्मस् प्रा.लि.को प्रस्तुति रहेको फिल्ममा सीता सिम्खडा निर्माताको रुपमा रहेकी छन् भने अच्युतराज अर्याल कार्यकारी निर्माता छन् ।

सरोज पौडेलले निर्देशन गर्न लागेको फिल्मको मुहुर्तमा भारतीय राजदुतावासका अभय कुमारले क्यामराको स्वीच अन गरेका थिए भने नेपाल चलचित्र प्राविधिक संघका महासचिव अनन्त तिमिल्सिनाले क्ल्याप हिर्काएका थिए । आगामी जेठ ५ गतेबाट सुटिङका लागि फ्लोरमा जाने फिल्ममा सुशिल पोखरेल, नन्दिता केसी, पुष्कर भट्ट, शुरबीर पण्डित, दिनेशजंग खड्का, सौजन्य सुब्बा, बिमला गिरी, जेनी कुँवर, अच्युतराज अर्याल, भाष्कर बानिया, सुरज सिंह, भावना गुरुङ र निरज भण्डारीको अभिनय रहनेछ । सुशिल पोखरेलको लेखन, रोशन श्रेष्ठको द्वन्द्व, विपिन मल्लको सम्पादन, रामजी लामिछानेको नृत्य एवं पाश्र्व संगीत, विकास चौधरीको संगीत रहेको फिल्ममा रामशरण उप्रेतीको छायांकन रहनेछ ।

निर्देशक पौडेलका अनुसार फिल्म चितवन र काठमाडौंमा छायांकन गरिनेछ । मुहुर्त कार्यक्रमका प्रमुख अतिथि काँग्रेसका नेता एवं पूर्व गृहमन्त्री खुमबहादुर खड्काले नेपाली फिल्मको गुणस्तर बढ्दै गएकोमा खुशी व्यक्त गरे भने नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष प्रदीप पौडेलले नेपाली फिल्मले अझै पनि केही कुरा सुधार्नु पर्नेमा जोड दिए ।

कार्यक्रम को थप तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस 

SUBSCRIBE 👉