मोडल दिक्पाल कार्कीलाई सम्मान


फिलिपिन्सको मलिना तथा इलोकसमा हालै सम्पन्न पुरुष सुन्दरता, बौद्धिकता तथा प्रतिभासम्बन्धि अन्तर्राष्ट्रिय प्रतियोगिता मिस्टर ग्रान्ड इन्टरनेशनल–२०१७ मा सोसल मिडिया स्टार तथा पिपल्स च्वाइस गरी दुई वटा टाइटल एवार्ड जित्न सफल मोडल तथा अभिनेता दिक्पाल कार्कीलाई फेसियल हाउसले सम्मान गरेको छ।

उक्त अन्तर्रा्ष्ट्रिय प्रतियोगिताको उत्कृष्ट १५ मा समेत पर्न सफल भएका दिक्पालको हौसला बढाउन सुन्धारास्थित सिटिसी मलमा रहेको फेसियल हाउसको लक्जरी ब्राञ्चले उनलाई सम्मान गरेको हो। कार्कीको सफलतामा फेसियल हाउसले केक काटेर खुशीयाली साटासाट गरेको हो।

फेसियल हाउसका प्रवन्ध निर्देशक सुष्मा महराले युवा पिँढिलाई अझ धेरै हौसला प्रदान गर्न यस किसिमको कार्यक्रमको आयोजना गरिएको बताउनु भयो। सम्मान तथा बधाइ ज्ञापन कार्यक्रममा बोल्दै दिक्पाल कार्कीले फेसियल हाउसले उत्साह जगाउने कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिएका थिए।

SUBSCRIBE 👉