मोदीले जित्दा अभिनेताले देश छाडे


Kamal Rasid Khan

Kamaal Rasid Khan

भारतमा हालै सम्पन्न लोकसभा चुनावमा जब भारतीय जनता पार्टीको बहुमत आयो, तब पार्टीका नेता नरेन्द्र मोदी विरोधी गुटको मुख मात्र बन्द भएन, केहीले त आफ्नो मुलुक नै छोड्न बाध्य भए। मोदी विरोधी खेमामा रहेका बलिउड अभिनेता कमाल राशिद खानले मोदीले जिते आफुले देश नै छाड्ने भन्दै गरेको घोषणालाई कार्यान्वयन गर्दै भारत छाडेर पाकिस्तान गएका छन्। यसपटको निर्वाचनमा उम्मेद्वार भएका कमालले जित पनि हात पार्न सकेनन्। उनलाई शिवसेनाको गजानन चन्द्रकान्तले पराजित गरेका थिए।

भारतीय सञ्चारमाध्यमका अनुसार कमाल शुरु देखि नै मोदी र उनको सत्ताको विरुद्धमा थिए। जुन कुरा उनले आफ्नो ट्वीटरमा पनि फरक फरक समयमा उल्लेख गरेका छन्। उनले मोदी प्रधानमन्त्री बने भने आफुले लिंग नै परिवर्तन गर्दै निर्माता करण जोहारसँग विवाह गर्ने घोषणा नै गरेका थिए। जोहारसँग विवाहको घोषणा बाहेक मोदी प्रधानमन्त्री भएमा देश नै छाड्ने बताएका थिए।

‘मोदीजीले चुनाव जित्नुभयो, त्यसकारण म शोएब अख्तरका साथ भारत छाडेको छु, बाई बाइ इण्डिया’ मोदीले चुनाव जितेर उनको पार्टी बीजेपीले बहुमत ल्याएपछि अभिनेताले यस्तो ट्वीट गरेका छन्। उनले ट्वीटरमा शोएबसँग बसेको तस्वीर पनि शेयर गरेका छन्।
kamaal-rasid-khan-1

SUBSCRIBE 👉