मरिष्का र आकाशको ‘जून जस्तै शीतल माया…’ म्युजिक भिडियो


अर्जुन अधिकारी निर्देशित ‘जून जस्तै शीतल…’ गीतको म्युजिक भिडियोमा चलचित्रका अभिनेता आकाश श्रेष्ठ तथा अभिनेत्री मरिष्का पोखरेलको सुन्दर जोडीले अभिनय गरेका छन्। निर्देशक अधिकारीले गीतको शब्दमा व्यक्त गरिएको भावनालाई झल्काउने शैलीमा, गीतकार तथा कवियित्री अम्बिका गुरुङद्वारा रचना गरिएको सुगम संगीतमा आधारित ‘जून जस्तै शीतल…’ गीतको म्युजिक भिडियोमा आकाश र मरिष्कालाई अभिनय गराएका हुन्।

सोमबार साँझ आधा दर्जन नेपाली टेलिभिजन च्यानलमार्फत एक साथ प्रिमियर गरिएको उक्त गीतमा गायक सुमन केसीको स्वर छ। शंकर थापा यो गीतका संगीतकार हुन्। उदय राज पौडेलले यो गीतमा संगीत संयोजन गरेका छन्।

उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन्। द पिक डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीतलाई श्यामश्वेत रसाइलीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन्।

गीतकार अम्बिका गुरुङद्वारा स्थापित भावसागर इन्टरटेन्मेन्ट एलएलसीद्वारा निर्माण गरिएको यो भिडियो भावसागरकै आधिकारिक यूट्युब च्यानलमार्फत दर्शकमाझ आएको हो।

यस्तो छ जून जस्तो शीतलको म्युजिक भिडियो

SUBSCRIBE 👉