राम रेप्चुङ राईको ‘सिरिमा सिरी बतासै चल्यो…’ फिचरिङ्ग ‘भीमफेदी गाइज’


गीतकार राम रेप्चुङ राईले केही साता अघि मात्र ‘सोल्टिज्यू’ बोलको पूर्वेली लोक आधुनिक गीतको भिडियो रिलिज गरेका थिए। सो म्युजिक भिडियोले सांगीतिक बजारमा चर्चामा पाइरहे कै बेला उनले ‘सिरिमा सिरी बतासै चल्यो…’ अर्को नयाँ गीतको भिडियो पनि रिलिज गरेका छन्।

अहिलेकी चर्चित गायिका मेलिना राई र दल जेरी राईको स्वर रहेको ‘सिरिमा सिरी…’ पनि पूर्वेली लय भाकामै छ। दल जेरी अमेरिकाको क्यान्टोकी सिटीमा बस्दै आएका छन्। अमेरिकामा रहेर पनि नेपाली गीत संगीतप्रति लगाव राख्दै आएका उनको यो पहिलो प्रयास हो।

र्चिर्चत संगीतकार बसन्त सापकोटाको संगीत रहेको यस गीतको भिडियोमा डान्स समुह ‘भीमफेदी गाइज’लाई फिचरिङ गरिएको छ भने साथमा शिल्पा तामाङले अभिनय गरेकी छन्। यो भिडियोलाई ‘भीमफेदी गाइज’कै मुख्य सदस्य निर्मल लामाले निर्देशन तथा कोरियोग्राफी गरेका हुन्।

‘सिरिमा सिरी…’ पुर्वेली लोकशैलीमा रहेपनि डान्सिङ बिटमा रहेकाले ‘भीमफेदी गाइज’लाई भिडियोमा फिचरिङ गरिएको गीतकार रामले बताएका छन्। भिडियोलाई रामकुमार केसीले खिचेका हुन् भने सम्पादन टेकेन्द्र शाहले गरेका हुन्।

‘सिरिमा सिरी बतासै चल्यो…’ – भिडियो

SUBSCRIBE 👉